उखुको अभावमा चिनी मिल बन्द

Post Date : June 12, 2017 | 5:49 pm

लहान, २९ जेठ । उखुको अभाव भएपछि सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिल बन्द भएको छ ।

आवश्यकताअनुसार उखु पाउन छाडेपछि जिल्लाको एकमात्र उक्त चिनी उद्योग बन्द भएको हो ।

हिमालय चिनी मिलले गत २०७३ मङ्सिरदेखि चिनी उत्पादन थालेको थियो । दैनिक २५ लाख क्विन्टल उखु चाहिए पनि अहिले उखुखेतीको समय नभएकाले उखुको अभावमा उद्योग बन्द गर्नुपरेकोे हिमालय चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिनुभयो ।

“भर्खर किसानले खेतमा उखु लगाएका छन्, उखु तयार नहुन्जेलसम्मका लागि मिल बन्द गरिएको हो, उखु पाउन थालेपछि पुनः मिल सञ्चालनमा ल्याइने छ,” उहाँले भन्नुभयो । उक्त मिलमा गुणस्तरीय चिनी उत्पादन गर्ने उपकरण रिफायनरिङ जडान गरिएको मिल व्यवस्थापनले जनाएको छ ।

दैनिक २५ हजार क्विन्टल चिनी उत्पादन गर्ने क्षमता रहेको उक्त मिलले हालसम्ममा ४७ हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गर्न सफल भएकोे यादवको भनाइ छ । जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखुखेती गरिँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *