उखुको मूल्य निर्धारणको माग

Post Date : October 26, 2016 | 5:55 pm

नवलपरासी, १० कात्तिक । जिल्लाका उखु किसानले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण हुनुपर्ने माग गरेका छन् ।

चिनी मिल सञ्चालन हुनु अगावै सरकारले मूल्य निर्धारण गरिदिनुपर्ने किसानको भनाइ छ । गत वर्ष चिनीको मूल्य प्रतिकिलो रु ४८ हँुदा उखुको मूल्य प्रतिक्विन्टल रु ४४८ कायम गरिएको थियो । यस वर्ष चिनीको मूल्य प्रतिकिलो रु ७२ रहेको छ ।

उखु क्रसि सुरु हुन अगावै मूल्य निर्धारण हुनुपर्ने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । नवलपरासीमा लुम्बिनी चिनी उद्योग, इन्दिरा सुगर मिल, मोहिनी सुगर मिल्स र बागमती खाडसारी चिनी उद्योग रहेका छन् । ती उद्योगले गत वर्ष किसानलाई करिब रु तीन करोड भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएका छ ।

उचित मूल्य र समयमा चिनी उद्योगबाट भुक्तानी रकम नपाउँदा किसान मारमा परेका छन् । जिल्लामा करिब १४ हजार घरपरिवार उखुखेतीमा संलग्न छन् भने साढे सात हजार हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएको छ । जिल्लामा वार्षिक २० लाखदेखि २५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *