उत्पादनलाई वित्तीय प्रणालीमा नजोडेसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने

Post Date : May 13, 2016 | 9:08 am

काठमाडौं, ३१ बैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उत्पादनलाई वित्तीय प्रणालीमा नजोडेसम्म मुलुकको आर्थिक विकास सम्भव नहुने बताउनु भयो । आगामी आ.व. २०७३/७४ को बजेट तयारीका सम्बन्धमा संसदको अर्थ समितिमा सम्बोधन गर्दै आगामी वर्षको बजेटलाई कायान्वयनमुखी बनाउन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न दुई वर्षभित्र कृषिउपजमा आत्मनिर्भर बनाउने गरी काम अघि बढाइएको भनाई डा. खतिवडाको छ ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतले बजेट विनियोजनकै क्रममा चालु खर्च र पूँजीगत खर्चको अनुपात ७२ र २८ प्रतिशत रहने भए पनि बजेट खर्च हुने समयमा यसको अनुपात ८० र २० प्रतिशत पुग्ने बताउनु भएको छ ।

त्यस्तै अर्का पूर्वअर्थपन्त्री सुरेन्द्र पाण्डेले सरकारको नीति र बजेटले अर्थतन्त्रलाई कुन दिशामा लग्यो भनेर समीक्षा गर्दै रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउनु पर्ने सुझाव दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *