उद्यमशीलता तथा वातावरणमैत्री सीप हस्तान्तरण

Post Date : November 23, 2016 | 4:43 pm

पोखरा, ८ मङ्सिर । पर्यटकीय नगरी पोखराको फेवातालको उपल्लो तटीय क्षेत्रस्थित ढिकुरपोखरी गाविसका महिलालाई दुईदिने उद्यमशीलता तथा वातावरणमैत्री सीप हस्तान्तरण गरिएको छ ।

रेडियो जननीको आयोजित एवम् जिविस कास्कीको आर्थिक सहयोगमा महिलालाई खेरजाने वस्तुबाट फूल, माला, ब्याचलगायत विभिन्न उपहारका सामग्री बनाउने सीप प्रदान गरिएको हो । आर्थिक रुपमा कमजोर एवम् बेरोजगार महिलालाई उद्यमशीलतामार्फत स्वरोजगार सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ढिकुरपोखरी र धम्पुस गाविसका २५ जना महिलाको सहभागिता रहेको थियो । सहभागीलाई गाविस सचिव थानेश्वर ढुङ्गानाले मंगलबार प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

रेडियोका अध्यक्ष हिरा भट्टराईले तालिम प्राप्त महिलालाई हस्तकला उद्योग खोल्न सुझाव दिँदै उत्पादित सामग्रीको पदमावती हस्तकला उद्योगले बजारको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

लैङ्गिक हिंसा निगरानी समूहका संयोजक तथा तालिमका संयोजक राधा कुँवरले सीप सिकेर व्यवसायमा लाग्न सके महिलालाई कसैले हेप्न नसक्ने बताउनुभयो । सहभागीलाई चिनु थापाले प्रशिक्षण दिनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *