उद्यानको आम्दानीमा वृद्धि

Post Date : May 13, 2016 | 4:28 pm

काठमाडौँ, ३१ वैशाख । रत्नपार्कमा निःशुल्क इन्टरनेटको सुविधा भएसँगै उद्यानको आम्दानीमा वृद्धि भएको छ ।

रत्नपार्क रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार उद्यानमा इन्टरनेटको सुविधा राखेपछि दैनिक रु २५ हजार आम्दानी हुन थालेको छ । यस अघि दैनिक रु १५ हजारदेखि रु १७ हजारसम्म आम्दानी हुने गरेको थियो । काठमाडौँ महानगरपालिकाले गत चैत पाँच गतेदेखि उद्यानभित्र इन्टरनेट सुविधा राखेको हो ।

प्रवेश शुल्कबाट आएको रकम नै उद्यानको अम्दानी हो । विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेश शुल्क तोकिएको छ । पत्रकार, शारीरीक रुपमा अपाङ्ग व्यक्ति, र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । पछिल्लो समय अवलोकन गर्न आउनेले उद्यानभित्र खाजाघरको माग गर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *