उद्यानको आम्दानी रु पचासी लाखभन्दा बढी

Post Date : July 19, 2016 | 3:07 pm

काठमाडौँ, ४ साउन । गत आवमा रत्नपार्कको आम्दानी रु ८५ लाख २१ हजार ६ सय ६७ भएको छ ।

केही समय बन्द उक्त उद्यान अघिल्लो आवको असार महिनादेखि केही थप व्यवस्थापनका साथ सर्वसाधारणका लागि खुला गरिएको थियो । कामपा, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीले एक वर्षका अवधिमा तीन लाख २९ हजार ६ सय २३ जनाले रत्नपार्कको अवलोकन गरेको जानकारी दिनुभयो । अवलोकनकर्ताबाट प्रवेश शुल्कस्वरुप लिइएको रकम नै आम्दानी हो ।

अघिल्ला वर्षमा अवलोकनकर्ताबाट उद्यान प्रवेशका लागि शुल्क लिने गरिएको थिएन । सञ्चालनको पछिल्लो समयदेखि भने आएको आम्दानी उद्यानको व्यवस्थापनका लागि खर्च गर्ने उद्देश्यले प्रवेशकास्वरुप केही शुल्क लिइँदै आएको छ ।

खाजाघर पनि

अवलोकनकर्ताले उद्यानभित्र नै खाजाघरको माग गरेपछि अबको केही दिनभित्रै सो पनि घर बन्ने निश्चित भएको छ । अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै गत वर्ष चैत ५ गतेदेखि निःशुल्क इन्टरनेट सुविधा पनि दिइएको छ । विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेश शुल्क तोकिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *