उन्नाइस लाख राजस्व असुली

Post Date : October 26, 2016 | 5:48 pm

राजविराज, १० कात्तिक । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रले आव २०७३/७४ को तीन महिनामा रु १९ लाख राजस्व असुल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणको संयुक्त टोलीले हुकिङ गरेर विद्युत् चोरी गर्ने १२३ जनालाई पक्राउ गर्नुका साथै उनीहरुबाट राजस्व असुली समेत गरिएको प्राधिकरणका प्रमुख रामउदगार साहले जानकारी दिनुभयो । विद्युत् चोरी गर्नेहरुको साथबाट विद्युत्को विभिन्न सामग्री समेत बरामद गरिएको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान सञ्चालन गरिएको छ । साउनदेखि असोजसम्म तीन हजार २०० घरधुरीको हुकिङ हटाएको साहले बताउनुभयो । सप्तरीमा हालसम्म ५३ हजार मिटर जडान गरिएको प्र्राधिकरणले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *