एक्सेल डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शेयर दिने

Post Date : February 23, 2017 | 9:39 pm

काठमाडौँ, १२ फागुन । एक्सेल डेभलपमेन्ट बैंकको २०७३ फागुन ११ गते बसेको संचालक समितिको १८५ औँ बैठकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस दिने निर्णय गरेको छ । साथै बोनस शेयर वितरणपछि हुन आउने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद शेयर दिने समेत निर्णय गरेको छ । बैंकको २०७३ चैत १९ गते हुने ११ औँ वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा १० करोड रुपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्ममा ४ अर्ब ५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । साथै निस्क्रिय कर्जा १.०३ प्रतिशत रहेको छ भने कर्जा÷निक्षेप अनुपात ७८.५६ प्रतिशत छ ।

बैंकको हाल चुक्ता पूँजी ३० करोड ७६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड १४ लाख ५३ हजार ९ सय ८० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *