एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने

Post Date : April 2, 2017 | 11:30 am

काठमाडौँ, २० चैत । एक्सेल डेभलपमेन्ट बैंकको ११ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २५ प्रतिशत बोनस अर्थात ७ करोड ६९ लाख १२ हजार ५ सय रुपैयाँ र कर प्रयोजनको लागि १ दशमलब ३१ प्रतिशतले हुने रकम ४० लाख ४८ हजार २६ रुपैयाँ र ३२ पैसा नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २५ प्रतिशत बोनस शेयर वितरणपछि हुने आउने चुक्ता पूँजी ३८ करोड ४५ लाख ६२ हजार ५ सय रुपैयाँको ५० प्रतिशत अर्थात १९ करोड २२ लाख ८१ हजार २ सय ५० रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

२०७४ साल असार मसान्तसम्म राष्ट्र बैंकले तोकेको ५० करोड रुपैयाँ चुक्ता पूँजी बैंकले सजिलै पुरयाउनेछ । बैंकको बोनस शेयर र हकप्रद शेयर वितरणपछि चुक्ता पूँजी ५७ करोड ६८ लाख ४३ हजार ७ सय ५० रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ४ अर्ब ५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिकमा निस्क्रिय कर्जा १.०३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.५६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *