एक अर्ब विप्रेषण भित्रियो

Post Date : September 4, 2016 | 3:47 pm

बाबियाचौर (म्याग्दी), १९ भदौ । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा रु एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् ।

विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले रु एक अर्ब सात करोड ६५ लाख ५० हजार रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ ।

कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिनुभयो । बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा रहेका बैंकका शाखाबाहेक विभिन्न कम्पनीका एजेन्टमार्फत भएको भुक्तानी जोड्दा अझ बढी रेमिट्यान्स जिल्लामा भित्रिएको छ ।

पछिल्लो समय युवायुवती रोजगारी र अध्ययनका लागि विदेशीएसँगै रेमिट्यान्स पनि भित्रन थालेको प्रभू बैंक बेनी शाखाका प्रबन्धक निरज पन्तले बताउनुभयो ।

रेमिट्यान्सको धरै हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *