एक करोड अमेरिकी डलर चाँडै आउँदै

Post Date : October 20, 2016 | 5:31 pm

काठमाडौं, ४ कार्तिक । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको नगद अमेरिकी डलरको अभाव कम गर्न सिंगापुरबाट एक करोड ल्याउन काठमाडौं बैंकिङ कार्यालयका कार्यकारी निर्देशक जनक बहादुर अधिकारी त्यसतर्फ पठाएको छ ।

राष्ट्र बैंकले नगद डलर ल्याउन सीएमआईबी बैंकसँग सम्झौता गर्न अधिकारीलाई सिंगापुर पठाएको हो । सीएमआईबी बैंकसँग अधिकारीले सम्झौता गरेर आएपछि नगद एक करोड अमेरिकी डलर गनेर बुझ्न अर्का कर्मचारी जाने बैंकले जनाएको छ ।

सिंगापुरको सिएमआईबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म डलर ल्याइदिने र त्यसका लागि लाग्ने बिमा शुल्क कार्गो भाडा र क्यास ह्यान्डलिङ चार्ज नेपाल राष्ट्र बैंकले नै तिर्नेछ । सो डलर सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउन करिब २५ हजार अमेरिकी डलर खर्च लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

निजी क्षेत्रका हिमालयन बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र स्टान्डर्ड चार्टर्ड बैंक नेपालले नगद डलर ल्याउनको लागि पहल गरे पनि अतिरिक्त चार्ज लिन नपाउने भएपछि डलर ल्याउने प्रक्रिया अगाडि बढाएका छैनन् ।

बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्जका पदाधिकारी सदस्य रहने गरी सिफरिस समिति गठन गरिएको धितोपत्र बोर्डद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उक्त समितिमा गैरआवासीय नेपालीको प्रतिनिधि रहने व्यवस्था छ । समितिले कार्यविधिको मस्यौदा तयार गरी बोर्डलाई सिफारिस गर्नेछ ।

सिफारिस समितिले देशको अर्थतन्त्रमा गैरआवासीय नेपालीको प्रवेशपछि धितोपत्रको दोश्रो बजारमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिनाभित्र कार्यविधि तयार गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *