एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

Post Date : February 15, 2017 | 9:14 pm

बैतडी, ४ फागुन । जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।

कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कँुबरले जानकारी दिनुभयोे ।

विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हने गर्दछ उहाँले भन्नुभयो “बादल लागेको दिन त फोनै लाग्दैन,” हाट एक महिनादेखि मोबाइलमा लाइन आउने जाने क्रम चलेपछि हैरान बनाएको समेत कुवाकोटका रामप्रसाद पन्तले बताउनुभयो ।

टेलिकमलाई टावर मर्मतको लागि आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको कुवाकोट–२ सल्लेली गाँउका मानबहादुर साउदले बताउनुभयो । “टावरमा खराबी आएपछि कुवाकोट, हाट, मल्लादेही, न्वादेउ, भटना, महादेवस्थान, भूमिराजलगायतका एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ”। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *