एक हजार दरका त्रुटिपूर्ण नोट फेला

Post Date : February 15, 2017 | 9:22 pm

महोत्तरी, ४ फागुन । गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन् । यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो ।

राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेला परेको हो । ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेला परेपछि यहाँका जनता चकित भएका छन् ।

पmेला परेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *