एच आर मिटको नवौं संस्करण काठमाडौमा सुरु

Post Date : March 28, 2016 | 5:00 am

एच आर मिटको ९ औं संस्करण काठमाडौमा सुरु भएको छ ।

ग्रोथ सेलर्सको आयोजनामा प्रडक्टिभीटी थ्रो इम्प्लोइ मोटिभेशन भन्ने नाराका साथ शुक्रबार एच आर मिटको ९ औं संस्करण सुरु भएको हो । दुई दिनसम्म चल्ने एच आर मिटमा दक्ष जनशिक्तको उत्पादन, जनशक्तिको अहिलेको अवस्था, अन्तर्राष्ट्रिय बजार लगायतका विषयमा छलफल हुने ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाले बताउनुभयो । उहाँका अनुसार एच आर मिटमा सरकारी, गैरसरकारी र निजी गरी १ सय ७० वटा संस्थाका २ सय ३० जना सहभागी छन् ।

यसपटकको एचआर मिटमा रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष दिपकबाबु तिवारी तथा डा. माल्भिका देसाईं र आनन्द मुन्सी वक्ता रहेका छन् । वक्ताहरुले मन्तव्य दिएपछि एच आर मिटमा सहभागीहरुलाई दोस्रो दिन विभिन्न आठ वटा समूहका विभाजन गरेर छलफल गराउने कार्यक्रम छ । जुनसुकै कम्पनीको भविष्य जनशक्तिको हातमा हुने भएकाले यस बारेमा चेतना फैलाइ दक्ष जनशक्तिको विकासमा सहयोग पुरयाउने हेतुले एच आर मिटलाई निरन्तरता दिइएको ग्रोथ सेलर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *