एडिबीको अध्यक्षमा तकेहिको नाकाओ पुनः नियुक्त

Post Date : August 7, 2016 | 11:39 am

काठमाडाैं, २३ साउन । एसियाली विकास बैंक (एडिबी) को अध्यक्षमा तकेहिको नाकाओ पुनः नियुक्त हुनु भएको छ । एडिबीको बोर्ड अफ गभर्नरले सर्वसम्मत नाकोआलाई अर्को ५ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ ।

नाकाओ यसअघि २८ अप्रिल २०१३ मा एडिबीको अध्यक्ष हुनु भएको थियो । वहाँ एडिबीको नवौं अध्यक्ष हुनु हुन्छ । एडिबीका गभर्नरहरूले ३१ मे देखि ३० जुन २०१६ मा अध्यक्षका लागि दाबी गर्न आह्वान गरिएकोमा नाकाओको एक मात्र अध्यक्षको दाबी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *