एनआइसी एशिया बैंकको शाखा भोजपुरको रामप्रसादराई गापामा विस्तार

Post Date : May 15, 2018 | 11:17 am

भोजपुर, १ जेठ । भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ ।

एनआइसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा शाखा विस्तार गरेको हो । गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै सर्वसाधारणलाई घर आगनमै बित्तिय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रबन्धक चन्दन कटुवालले जानकारी दिनुभयो ।

स्थानीय तह निर्माणपश्चात् पहिलो पटक गाउँपालिकाको केन्द्रमा बैंक भित्रिएपछि यहाँका स्थानीय निकै हर्षित भएका छन् । नौ स्थानीय तह रहेको भोजपुरमा केही समयमा नै सबै क्षेत्रमा बैंक जाने बताइएको छ ।

बैंकले एक आर्थिक वर्षमा गाउँपालिकाको करीब रु २३ करोड बजेट कारोबार गर्नेछ । त्यसैगरी, बैंकले विभिन्न किसिमका खाता सञ्चालन, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *