एनआइसी एसिया बैंकका नयाँ दुई शाखा बुधबारे र झुम्कामा

Post Date : April 10, 2017 | 8:40 am

काठमाडौँ, २८ चैत । एनआइसी एसिया बैंकले झापा जिल्लाको बुधबारे र सुनसरी जिल्लाको झुम्कामा शाखा संचालनमा ल्याएको छ ।

झापाको बुधबारेस्थित शाखाको उद्घाटन एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्दप्रसाद पौडेलले गर्नु भएको छ भने सुनसरीको झुम्कास्थित शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले गर्नु भएको छ ।

बैंकले चाँडै नै सुनसरीको दुहबी र तरहरामा शाखा विस्तार गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *