एनआइसी एसिया बैंकको तेस्रो त्रैमासिकमा १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा

Post Date : April 20, 2017 | 12:47 pm

काठमाडौँ, ७ वैशाख । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत आ.व.को यसै अवधिमा बैंकले ७५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंक गत आ.व.को भन्दा ४९ दशमलब ८८ प्रतिशतले बढी मुनाफा गरेको हो ।

बैंकले ७९ अर्ब ६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन र ६७ अर्ब २५ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरी तेस्रो त्रैमासमा उक्त मुनाफा गर्न सफल भएको हो ।

बैंकको यस अवधिमा निस्क्रिय कर्जा अनुपात शून्य दशमलब ४६ प्रतिशत रहेको छ । त्यस्तै कर्जा निक्षेप अनुपात ७८ दशमलब २६ प्रतिशत छ ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६ करोड ४९ लाख ५३ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *