एनआइसी एसिया बैंकको धनवर्षा मुद्दती योजना

Post Date : February 2, 2017 | 1:23 pm

काठमाडौँ, २० माघ । एनआइसी एसिया बैंकले व्यक्तिगत ग्राहकवर्गलाई लक्षित गरी ल्याएको एकवर्षे धनवर्षा मुद्दती खाता योजना ल्याएको छ ।

यस एकवर्षे अवधिको खातामा १२ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यो खाता खोल्नको लागि न्यूनतम १ लाख रुपैयाँ जम्मा गर्नु पर्नेछ । यस खातामा जम्मा भएको रकममा ८० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।

यस योजना अन्तर्गत सरकारी स्वामित्वमा रहेका संस्थान, बचत तथा ऋण सहकारी संस्था, संस्थान मातहत संचालित कोष र पब्लिक लिमिटेड कम्पनी बाहेकले शाखा खोल्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *