एनआइसी एसिया बैंकद्वारा बृक्षारोपण कार्यक्रम

Post Date : January 9, 2017 | 4:20 pm

काठमाडौँ, २५ पुस । एनआइसी एसिया बैंकले धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान परिसरमा बृक्षारोपण कार्यक्रम गरेको छ । बृक्षारोपण कार्यक्रमको उद्घाटन बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार डा. तुलबहादुर श्रेष्ठले गर्नु भएको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर चालु आर्थिक वर्ष २०७३।७४ भित्र ७ हजार भन्दा बढी बिरुवा रोपेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलतमा योगदान पुरयाउनको लागि कार्यक्रम शुरु गरेको जनाएको छ । प्रतिष्ठानले १ हजार बिरुवा रोप्नका लागि आवश्यक जग्गा बैंकलाई उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *