एनआइसी एसिया बैंकले एकैदिन सात शाखा विस्तार गर्यो

Post Date : March 16, 2017 | 8:14 am

काठमाडौँ, ३ चैत । एनआइसी एसिया बैंकले एकैदिन सात शाखा विस्तार गरेको छ । बैंकले झापा जिल्लाको बुधबारे र गौरादह, मोरङ जिल्लाको पथरी, सुनसरी जिल्लाको झुम्का, धनकुटा जिल्लाको हिले, नवलपरासी जिल्लाको बर्दघाट र कैलाली जिल्लाको लम्कीमा शाखा स्थापना गरेको छ ।

बैंकले यही चैत महिनाभित्र अन्य २१ शाखा खोल्ने तयारी गरिरहेको जनाएको छ । बैंकले सुनसरीको दुहबी, चितवनको पर्सा, टाँडी र हाकिमचोक, तनहुँको दूलेगौँडा र भिमाद, कास्कीको न्यूरोड, लेकसाइड र नयाँपुल, रुपन्देहीको मणिग्राम, सालझण्डी, रुद्रपुर, ढकधई र सौफार्साटिकर, नवलपरासीको धूमही, पाल्पाको तानसेन, दाङको घोराही, कैलालीको टिकापुर र बाउनियाँ, वर्दियाको मगरागढी र बाँकेको खजुरामा चैत महिनाभित्र शाखा स्थापना गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *