एनआइसी एसिया बैंकले भिसा क्रेडिट कार्ड संचालनमा ल्यायो

Post Date : August 2, 2016 | 2:24 pm

काठमाडौं, १८ साउन । एनआइसी एसिया बैंकले भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत बिमल डाँगाले सो भिसा क्रेडिट कार्ड सार्वजनिक गर्नु भएको थियो ।

“बैंक पनि साथी पनि” नारालाई सार्थक बनाउन बैंकले भिसा क्रेडिट कार्ड ल्याएको जनाएको छ । बैंकका ग्राहकवर्गलाई प्रविधि मैत्री बनाई सेवा प्रवाह गर्न उक्त कार्ड प्रयोगमा ल्याएको हो ।

बैंकको हाल ६७ शाखा र ६० वटा एटिएम काउण्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *