एनआईसी एसिया बैंकका सात शाखा एकै दिन उद्घाटन

Post Date : November 9, 2016 | 11:30 am

काठमाडौँ, २४ कात्तिक । एनआईसी एसिया बैंकले एकै दिन थप सात शाखा स्थापना गरी बैंकिङ्ग कारोवार सुरु गरेको छ ।

बैंकले नुवाकोटको बट्टारस्थित ७०औँ शाखाको उद्घाटन नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले गर्नु भएको छ भने कैलालीको अत्तरियामा ७१औँ शाखाको उद्घाटन अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त रोकायाले गर्नु भएको छ ।

त्यस्तै कास्कीको लेखनाथ नगरपालिकाको ७२औँ शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गर्नु भएको छ ।

यसै गरी बाग्लुङमा ७३औँ शाखा बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी र कास्कीको विरौटामा ७४औँ शाखा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले गर्नु भएको छ ।

नवलपरासीको कावासोतीमा स्थापना गरेको ७५औँ शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश पौडेलले गर्नु भएको छ ।

त्यस्तै, बैंकको नवलपरासी दलदलेस्थित ७६औँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले गर्नु भएको छ ।

यससँगै बैंकको शाखा सञ्जाल देशभर ७६, एटिएम संख्या ७६ पुगेको छ ।

बैंकले हरेक बजार क्षेत्रमा ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य संभावित विभिन्न स्थानमा शाखा थप गर्दै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *