एनआईसी एसिया बैंकको एकै दिन दुुई शाखा र एक्सटेन्सन काउन्टर

Post Date : December 29, 2016 | 3:58 pm

काठमाडौँ, १४ पुस । एनआईसी एसिया बैंकले दुई नयाँ शाखा र एक्सटेन्सन काउन्टर एकैदिन संचालनमा ल्याएको छ । बैंकले पर्बतको कुस्मास्थित ७८ औँ शाखाको पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने र बाराको जितपुरस्थित ७९ औँ शाखाको उद्घाटन जितपुर उद्योग वाणिज्य संघका अध्यक्ष धनश्याम गिरीले गर्नु भएको छ ।

त्यस्तै बैंकले मोरङको टंकिसिनवारीस्थित बिराट मेडिकल कलेजमा तेश्रो एक्सटेन्सन काउण्टर खोलेको छ । उक्त एक्सटेन्सन काउन्टरको नेपाल राष्ट्र बैंक, बिराटनगर शाखाका कार्यालय प्रमुख रामु पौडेल र बिराट मेडिकल कलेजका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

बैंकको हालै सम्पन्न १९ औँ बार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर बितरण गर्ने र बोनस सेयर बितरणपछि कायम हुन आउने चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *