एनआईसी एसिया बैंकको नाफा १ अर्बभन्दा माथि

Post Date : July 21, 2016 | 2:42 pm

काठमाडौं, ६ साउन । एनआईसी एसिया बैंकले आ.व. २०७२/७३ मा १ अर्ब ७ करोड ९१ हजार रुपैया खुद मुनाफा गरेको छ । बैंकले आ.व. २०७१/७२ मा ६८ करोड ३ लाख १७ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

एनआईसी एसिया बैंक पनि अर्ब कमाउने बैंकको सूचीमा उक्लिएको छ । यसअघि ८ वटा बैंकले मात्रै एक अर्ब रुपैयाभन्दा बढी कमाएका थिए ।

बैंकको आ.व. २०७२/७३ को असार मसान्तसम्म ६९ अर्ब ४८ करोड ७९ लाख रुपैया निक्षेप संकलन र ५८ अर्ब ४५ करोड ७१ लाख रुपैया कर्जा प्रवाह गरेको थियो । बैंकको खराब कर्जा ०.८२ प्रतिशत रहेको छ ।

बैंकले बोनस शेयर ३९ प्रतिशत र हकप्रद शेयर २५ प्रतिशत जारी गरेर आ.व. २०७२/७३ को असार मसान्तसम्म चुक्ता पूँजी ४ अर्ब ५७ करोड ५३ लाख ७४ हजार रुपैया पुरयाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *