एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेसडरमा मनिषा कोइराला

Post Date : July 13, 2017 | 11:26 am

काठमाडौँ, २९ असार । एनआईसी एसिया बैंकले ब्रान्ड एम्बेसडरमा नायिका मनिषा कोइरालालाई नियुक्त गरेको छ । बैंकले कारोवार संचालनको २० औँ वर्ष प्रवेश अवसरमा कोइरालालाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको जनाइएको छ । यस सम्बन्धमा बैंक तथा नायिका कोइरालाबीच सम्झौता सम्पन्न भएको छ ।

नेपाली र भारतीय चलचित्रहरूमा उत्कृष्ट अभिनय गर्नु भएकी सफल अभिनेत्री मनिषा कोइरालाबीचको अनुवन्धले बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *