एनआईसी एसिया बैंकमा ‘कस्टमर रिटेल लोन ट्र्याकिङ सिस्ष्टम’

Post Date : June 23, 2017 | 3:29 pm

काठमाडौँ, ९ असार । एनआईसी एसिया बैंकले कष्टमर रिटेल लोन ट्र्याकिङ सिष्टम’ संचालनमा ल्याएको छ । बैंकमा रिटेल लोनका लागि आवेदन दिने ग्राहकले कर्जा स्वीकृतिका हरेक चरणको जानकारी (अपडेट स्टाटस्) हेर्न मिल्ने गरी उक्त सेवा ल्याएको बैंकले जनाएको छ । यसमा बैंकले कर्जा निवेदन प्राप्त गरेदेखि कर्जा रकम ग्राहकको खातामा जम्मा भएसम्मको चरणहरू पर्नेछ । ग्राहकले बैंकको आधिकारिक वेबसाइटमार्फत निवेदन दर्ता नम्बर र मोबाइल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *