एनआईसी एसिया बैंकले ल्यायो स्वर्णी मुद्दती खाता

Post Date : March 10, 2017 | 11:22 am

काठमाडौँ, २७ फागुन । एनआईसी एसिया बैंकले ‘स्वर्णीम मुद्दती खाता’ योजना ल्याएको छ । यस खातामा ग्राहकले ३ महिनादेखि १ वर्षसम्मका लागि छनोट गरी रकम राख्न पाउनेछन् । बैंकका अनुसार ३ महिनेमा ९ प्रतिशत, ६ महिनेमा १० प्रतिशत, ९ महिनेमा ११ प्रतिशत र १२ महिनेमा १२ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

तीन/तीन महिनामा ब्याज भुक्तान गर्ने गरी ल्याएको यस योजनामा १ लाख रुपैयाँमा खाता खोल्न सकिनेछ । मुद्दतीमा राखेको रकमको ८० प्रतिशत ऋण सुविधाको साथै व्यक्तिगत निक्षेपकर्ताका लागि क्रेडिट कार्ड जारी गर्दा शुल्क नलाग्ने, निक्षेप अवधि अगावै रकम झिक्नु परेमा कुनै शुल्क नलाग्ने लगायतका विशेषता रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *