एनआईसी एसिया बैंक २० औँ वर्षमा प्रवेश

Post Date : July 20, 2017 | 4:20 pm

काठमाडौँ, ५ साउन । एनआईसी एसिया बैंक १९ औँ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको छ । २०५५ सालमा विराटनगरमा क्षेत्रीय बैंकका रूपमा नेपाल इण्डष्ट्रियल एण्ड कमर्स बैंकको नाममा स्थापना भई बैंकिङ कारोवार शुरु गरेको थियो । बैंकले २०७३ साल असार १६ मा तत्कालीन बैंक अफ एसिया नेपाललाई गाभेर एनआईसी एसिया बैंकको नामबाट बैंकिङ सेवा दिँदै आएको छ ।

बैंकको हाल ११९ शाखा, ४ वटा विस्तारित काउण्टर, ७० एटिएम तथा ४ हजार विप्रेषण काउण्टरहरू सहित सञ्जालमार्फत सेवा दिँदै आइरहेको छ ।

बैंकले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिअनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा ८० भन्दा बढी शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *