एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल के.सी.द्वारा पदभार ग्रहण

Post Date : March 14, 2017 | 8:42 pm

काठमाडौँ, १ चैत । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल के.सी. नियुक्त भएका छन् । बैंकले मिति २०७३ चैत १ गते मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा संञ्चालक समितिका पदाधिकारीहरुको रोहवरमा अध्यक्ष पवन कुमार गोल्याणले के.सी.लाई पद बहालीको लागि सपथ ग्रहण समेत गराएका छन् । बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा रही कार्य गर्दै आउनुभएका के.सी. विगत ८ बर्ष देखि एनएमबि बैंकसँग आवद्ध हुनुहुन्छ । २७ वर्षे बैकिङ्ग अनुभव संगालेका के.सी. बैकिङ्ग क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा के.सी.को महत्वपूर्ण योगदान रहेको छ ।

मंगलबार कार्यकाल सम्हाल्नु हुँदै के.सी.ले भन्नुभयो — “बैंकलाई नाफा मात्र नभई हरेक प्रकारले उत्कृष्ट बैंक बनाउने मेरो उद्देश्य रहेको छ । बैंकले आफ्नो रणनीति अनुरुप, नाफा मात्र आधार नबनाई स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि समर्पित रहँदै कार्यहरु गर्नेछ । एनएमबि बैंक देशकैे अग्रणी बैंकहरुको सूचीमा समेत स्थापित भइसकेको छ ।”

हाल बैंकको कुल ७२ शाखा ५७ एटिएम र ७ एक्टेन्सन काउन्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *