एनएमबि बैंकको सामाजिक कार्य

Post Date : December 15, 2016 | 2:52 pm

काठमाडौँ, ३० मङ्सिर । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पबाट पूर्णरुपले क्षतिग्रस्त भएको थापाथली स्थित गोरखनाथ मन्दिरको अवशेषलाई मन्दिर परिसरमै सुरक्षित राख्ने तथा सरसफाइ, व्यवस्थापन कार्यक्रमको आयोजना गरेको छ । विनाशकारी भूकम्पले सो मन्दिर पूर्णरुपले क्षति भएको थियो । गुठि संस्थानसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा स्थानीय बासिन्दाहरुको सहभागिता थियो ।

“सम्पदा संरक्षणको साथमा एनएमबि बैंक” भन्ने नारा लिएर एनएमबि बैंकले सम्पदा संरक्षणको क्षेत्रमा २०११ सालदेखि विभिन्न कार्यहरु गर्दै आइरहेको छ । एनएमबि बैंकको एनएमबि सोसियल इनिसिएटिभ कोषले हरेक वर्ष विभिन्न सम्पदा क्षेत्रहरुको जिर्णोद्धार, सफाइ कार्यक्रम तथा एनएमबि बैंक हेरिटेजवाकको पनि आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *