एनएमबि बैंकको २१ औँ वार्षिक साधारण सभा सम्पन्न

Post Date : January 8, 2017 | 5:09 pm

काठमाडौँ, २४ पुस । एनएमबि बैंक लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारण सभा आज २०७३ पुस २४ गते, आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भयो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७२/७३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनश सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ ।

बैंकको अन्र्तराष्ट्रिय साझेदार FMO (Financierings Maatchappij-Voor Ontwikkelingslanden) Netherlands को २० प्रतिशत स्वामित्व रहेको यस बैंकको उपरोक्त बोनस सेयर पश्चात चुक्ता पूँजी रु. ६ अरब ४६ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *