एनएमबि बैंकले संचालन गऱ्यो एनएमबि एकेडेमी

Post Date : July 24, 2017 | 11:50 am

काठमाडौँ, ९ साउन । एनएमबि बैंकले आ.व. २०७४/७५ को शुरुवातसँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । यस एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु रहेको छ । एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पुऱ्याउने रहेको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

एनएमबि एकेडेमीको उद्घाटनका अवसरमा एनएमबि बैंकका कार्यकारी अधिकृत श्री सुनील के.सी.ले मन्तव्य राख्दै “यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत एनएमबि पहिलो बैंक हो । एनएमबि एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ” भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *