एनएमबी बैंकका सिइओको पदावधि थप

Post Date : November 3, 2016 | 9:14 am

काठमाडौँ, १२ कात्तिक । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको पदावधि थप भएको छ । संचालक समितिको बैठकले पौडेलको कार्यकाल २०७३ फागुन ३० गतेसम्मको लागि थप गरेको छ ।

पौडेलको पदावधि २०७३ मंसिर ८ गतेसम्म रहेको थियो । संचालक समितिले पौडेलको थप पदावधि सकिएपछि २०७३ चैत १ गतेदेखि लागू हुने गरी हाल बैंकमा कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.लाई प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *