एनएमबी बैंकको अगुवाईमा अपर सोलु खोलामा लगानी

Post Date : February 10, 2017 | 11:11 am

काठमाडौँ, २८ माघ । एनएमबी बैंकको अगुवाईमा १८ मेगावाटको अपर सोलु खोला जलविद्युत आयोजना नेपाल बंगलादेश बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले ऋण लगानी गर्ने भएका छन् ।

सोलुखुम्बुको बेनी र तामाखानी गाविसमा निर्माण हुन लागेको उक्त आयोजनाको लागत ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । जसमध्ये चार बैंकले २ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने एनएमबी बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । हालसम्म एनएमबी बैंकले ३० जलविद्युत आयोजनामा लगानी गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *