एनएमबी बैंकको “एक घर एक खाता” तपाईको घरदैलोमा

Post Date : September 15, 2016 | 4:42 pm

काठमाडौं, ३० भदौ । एनएमबी बैंकले “एक घर एक खाता” योजना ल्याएको छ । बैंकले यस योजनालाई सफल पार्न नेपाली सिने जगतका अभिनेता राजेश हमाललाई प्रवर्द्धक दुतका रुपमा नियुक्त गरेको छ ।

नेपाल सरकारको बैंक खाता खोल्ने उदेश्यलाई पूरा गर्न समेत मद्दत पुग्ने गरी हरेक नेपालीको बैंकमा एउटा खाता होस् र वित्तीय पहुँच पनि होस् भन्ने बैंकको योजना रहेको छ । बैंकले यो योजना साउनमा नै सुरु गरेको भए पनि अब देशभरि रहेका आफ्ना ७१ वटा शाखा र ७ वटा एक्सटेन्सन काउण्टरको वरिपरीका क्षेत्रमा यो योजना लागू गर्ने जनाएको छ । बैंकले यस आ.व. र आगामी वर्षहरुमा पनि शाखा खोल्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताउनु भयो । उहाँले यस योजनामा वित्तीय पहुँच र वित्तीय साक्षरतालाई बढाउने प्रयास भएको समेत बताउनु भयो ।

कार्यक्रममा प्रवर्द्धक दूत अभिनेता राजेश हमालले तिर्खा लाग्नेले खोला धाउने उखान अब त्यसको विपरित भएको छ । खाता खोल्ने व्यक्ति बैंक जानु पर्नेमा बैंकका कर्मचारी नै खाता खोल्न घरदैलोमा आइपुग्नेछन् भन्ने बताउनु भयो ।

बैंकका कर्मचारीहरूले घरदैलोमै पुगी खाता खोली दिनेछन् र एउटा पास बुक पनि दिइनेछ । जुन पासबुकमा खातावालको फोटोसहित सम्पूर्ण विवरण रहनेछ र त्यसमा रकम राख्दा र झिक्दाको विवरण सहित केही पृष्ठमा वित्तीय साक्षरता सम्बन्धी जानकारी समेत हुने छन् ।

यस योजनाले गाउँ गाउँका ती वित्तीय साक्षरता नभएका व्यक्तिलाई बंंैकिङ्ग बानी बसाल्नुका साथै बैंकमा पैसा राख्दा धनको सुरक्षा हुने, ब्याज प्राप्त हुने, आपतमा पैसा झिक्न सक्ने, व्यापार व्यवसाय गर्न सकिने, बालबालिकाको शिक्षामा खर्च गर्न सकिने र आफ्नो समेत भविष्य सुरक्षित आदि बैंकले जानकारी गराउने जनाएको छ ।

एनएमबी बैंकको हाल ७१ वटा शाखा र ७ वटा एक्सटेन्सन काउण्टर, ५२ वटा एटिएम र ३ लाख ५० हजार ग्राहक संख्या रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७२।७३ को मसान्तसम्म ६४ अर्ब ७८ करोड १४ लाख रुपैया निक्षेप संकलन, ५३ अर्ब ८ करोड २४ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब १५ करोड ३ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात १.७५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *