एनएमबी बैंकको एफपिओ निष्काशन नागरिक लगानी कोषले गर्ने

Post Date : May 11, 2017 | 8:31 am

काठमाडौँ, २७ वैशाख । एनएमबी बैंकले १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता थप नयाँ साधारण शेयर (एफपिओ) निष्काशन गर्न नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नागरिक लगानी कोषका कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले हस्ताक्षर गर्नु भएको छ । बैंकले संस्थापक र साधारण शेयरको अनुपात ५१ र ४९ प्रतिशत कायम गर्न एफपिओ निष्काशन गर्ने निर्णय गरेको छ ।

बैंकले एफपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा चाँडै नै आवेदन गर्ने जनाएको छ । बैंकले एफपिओ मूल्य भने सार्वजनिक गरेको छैन ।

बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *