एनएमबी बैंकको दोस्रो त्रैमासमा खुद मुनाफा ७४ करोड १२ लाख रुपैयाँ

Post Date : February 11, 2017 | 1:30 pm

काठमाडौँ, २९ माघ । एनएमबी बैंकले चालु आर्थिक वर्षको पुस मसान्त (दोस्रो त्रैमासिक) मा ६७ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन र ५९ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७४ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको खराब कर्जा अनुपात १ दशमलब ८७ प्रतिशत रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड ६२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ६३ करोड ४५ लाख १२ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *