एनएमबी बैंकको भिसा कार्डबाहकलाई समितिभेज अस्पतालमा छुट

Post Date : July 11, 2017 | 12:15 pm

काठमाडौँ, २७ असार । एनएमबी बैंकले थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउँदा ५ प्रतिशत छुट पाइने स्किम ल्याएको छ । उक्त अस्पतालमा उपचार गराउँदा विशेष परामर्श सेवासहित सम्पूर्ण शुल्कमा छुट पाउने बैंकले जनाएको छ । बैंकले समितिभेज अस्पतालको नेपालस्थित प्रतिनिधि स्पिडवे फ्रेट सर्भिसेज प्रा.लि.सँग छुट तथा परामर्श सेवाको सम्झौता गरेको छ ।

सम्झौताअनुसार एनएमबी बैंकको अन्तर्राष्ट्रिय भिसा डलर कार्डका ग्राहकले स्पिडवे फ्रेट सर्भिसेजबाट अस्पताल, यात्रा तथा बसाइसम्बन्धी जानकारी, डाक्टरसँगको मिति तथा समय मिलाउनुका साथै उपचार खर्चमा समेत ५ प्रतिशत छुट पाउन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *