एनएमबी बैंकको विदेशी साझेदार एफएमओले थप शेयर किन्ने

Post Date : September 21, 2016 | 9:13 am

काठमाडौं, ५ असोज । एनएमबी बैंकको विदेशी साझेदार Nederlandse Financierings Meatschhappji Voor Ontwikke Lingslanden N.V. (FMO) ले प्रति शेयर अकित मूल्य रु १००/– मा रु १५०/– प्रिमियम थप गरी जम्मा २५०/– मा शेयर खरिद गर्ने गरी २०७३/५/२९ गते सम्झौता भएको छ ।

एनएमबी बैंकले भृकुटी विकास बैंक, पाथिभरा विकास बैंक, क्लीन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स लिमिटेड गाभ्नुअघि एफएमओको १४ प्रतिशत शेयर रहेकोमा गाभेपछि घटेर ३ प्रतिशतमा आएको थियो ।

नेपाल राष्ट्र बैंकले भृकुटी विकास बैंक, पाथिभरा विास बैंक, क्लीन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स लिमिटेड गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गर्दा एफएमओको एनएमबी बैंकमा चुक्ता पूँजीको २० प्रतिशत लगानी हुनु पर्ने शर्त रहेको र बैंकको २० औं वार्षिक साधारण सभाले संचालक समितिलाई अख्तियारी दिए बमोजिम उक्त शेयर दिनको लागि सम्झौता भएको हो ।

एफएमओको २० प्रतिशत शेयर हिस्सा पुरयाउँदा बैंकले ९४ लाख कित्ता भन्दा बढी शेयर उसलाई दिनु पर्ने हुन्छ । अहिले बैंकको चुक्ता पूँजी आ.व. २०७२/७३ को असार मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार ४ अर्ब ४८ करोड ६९ लाख २४ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *