एनएमबी बैंकमा एफएमओ २० प्रतिशत शेयर

Post Date : November 25, 2016 | 11:04 am

काठमाडौँ, १० मङ्सिर । एनएमबी बैंकमा नेदरल्यान्ड्को एफएमओले आफ्नो ३ प्रतिशत हिस्साबाट बढाएर २० प्रतिशत पुरयाएको छ । यसबाट एनएमबी बैंकमा २ अर्ब ३५ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा एफएमओको १४ प्रतिशत हिस्सा रहेकोमा एनएमबी बैंकसँग मर्जरको क्रममा सो हिस्सा घटेर ३ प्रतिशतमा पुगेको थियो ।

एनएमबी बैंकमा पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, प्रुडेन्सियल फाइनान्स कम्पनी र क्लिन इनर्जी डेभलपमेन्ट बैंक गाभ्दा एफएमओको शेयर हिस्सा घटेको थियो ।

लगानीसम्बन्धी सम्झौतामा एनएमबी बैंक र एफएमओबीच सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *