एनएमबी बैंकले जिएबिभी बार्षिक सम्मेलन गर्ने

Post Date : January 30, 2017 | 4:38 pm

काठमाडौँ, १७ माघ । एनएमबी बैंकले नेपालमा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) को तीनदिने बैठक आयोजना गर्ने भएको छ । जिएबिभीको नवौं वार्षिक बैठक आउँदो फागुन २४, २५ र २६ गते हुनेछ ।

बैंकले आफ्नो मुख्य संयोजकत्वमा एफएमओ र जिएबिभीका सदस्य संस्थासँगको संयुक्त सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । उक्त सम्मेलन केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, उच्च प्रशासक र अन्य सम्बन्धित संस्थाका प्रमुखको सहभागिता रहने बैंकले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य बंैकिङ क्षेत्रलाई थप पारदर्शी बनाउन, आर्थिक सामाजिक र वातावरणीय स्थायित्वका लागि सहयोग पुरयाउन र वास्तविक अर्थव्यवस्थाको सेवामा बैंकिङ संस्थालाई एकजुट गराउनु रहेको बैंकले जनाएको छ ।

यसअघिको आठौँ बैठक नेदरल्याण्डको एम्सटरड्याममा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *