एनएमबी बैंकले तानसेनको पाल्पामा ७१ औं शाखा स्थापना

Post Date : August 29, 2016 | 2:41 pm

काठमाडौं, १३ भदौ । एनएमबी बैंकले तानसेनको पाल्पामा आफ्नो ७१ औं शाखाको स्थापना गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएकोछ । उद्घाटनको अवसरमा गभर्नर डा. नेपालले कृषि क्षेत्रको बिकास नहुँदासम्म मुलुकको समग्र विकास हुँदैन । देशमा रोजगारीका अवसर समेत यहीँबाट प्राप्त गर्न सकिन्छ भन्नु भयो । उक्त अवसरमा एनएमबी बैंकका कार्यकारी अधिकृत श्री उपेन्द्र कुमार पौडेलले पर्यटन बिकासका लागि बैंकले लगानी गर्ने बताउनु भयो ।

बैंकले आ.ब. २०७२।७३ को असार मसान्तसम्म ६४ अर्ब ७८ करोड १४ लाख रुपैंया निक्षेप संकलन र ५३ अर्ब ८ करोड २४ लाख रुपैया कर्जा प्रभाव गरी १ अर्ब १५ करोड ३ लाख रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *