एनएमबी बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने

Post Date : August 13, 2016 | 11:13 am

काठमाडौं, २९ साउन । एनएमबी बैंकले स्नातक अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न सकिने शैक्षिक कर्जा दिने भएको छ । बैंकले पहिलो चरणमा च्यासल, ललितपुरमा रहेको हिमालयन कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्न चाहने विद्यार्थीलाई यो सुविधा दिइने जनाएको छ ।

ऋण दिने विषयमा बैंक र कलेजबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र कलेजका अध्यक्ष विष्णुप्रसाद शर्माले हस्ताक्षर गर्नु भएको छ । विद्यार्थीलाई पढ्नको लागि दिइने यो कर्जामा वार्षिक ५ देखि ८ प्रतिशतसम्म ब्याज लिने बैंकले जनाएको छ ।

विद्यार्थीलाई दिइने यो ऋणको ब्याज अध्ययनको समयमा र ऋण रकम भने रोजगारीमा गएपछि पनि तिर्न सक्नेछन् । हिमालयन कलेज अफ इन्जिनियरिङ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई सन् २००२ जुनमा स्थापना भई पठनपाठन हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *