एनएमबी बैंक र युनिक नेपालबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

Post Date : August 3, 2016 | 11:33 am

काठमाडौं, १९ साउन । एनएमबी बैंकले लघुवित्त कम्पनी ‘युनिक नेपाल’ बीच रेमिट्यान्स कारोवार सम्बन्धी सम्झौता भएको छ । एनएमबी बैंकको सुलभ रेमिट हाल देश र विदेशमा आफ्नो कारोवार विस्तार गर्दै सुरक्षित रुपमा आफ्ना आफन्त र घरपरिवारसम्म पैसा पठाउने भरपर्दो रुपमा स्थापित हुँदै आएको छ ।

यस सम्झौतापछि युनिक नेपालका जुनसुकै शाखाबाट पनि सुलभ रेमिटमार्फत पठाएको रकम भुक्तानी लिन सकिनेछ । हाल सुलभ रेमिटको सेवा देशभर ७ हजारभन्दा बढी एजेन्टबाट लिन सकिने बैंकले जनाएको छ । हाल बैंकको ६८ वटा शाखा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *