एनएलजी इन्स्योरेन्सका ४ उपशाखा थप

Post Date : April 6, 2017 | 7:30 am

काठमाडौँ, २४ चैत । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले फिदिम, डडेलधुरा, वालिङ र बर्दियामा उपशाखा स्थापना गरी सेवा संचालनमा ल्याएको छ । कम्पनीले ३३ शाखा तथा उपशाखाबाट ग्राहकवर्गलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिरहेको जनाएको छ ।

कम्पनीको हाल चुक्ता पूँजी ५१ करोड २३ लाख रुपैयाँ र लगानी १ अर्ब ७५ करोड रुपैयाँ छ । त्यस्तै ग्राहकको संख्या १ लाख ५० हजार पुगेको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *