एनएलजी इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनस शेयर दिने

Post Date : December 7, 2016 | 1:27 pm

काठमाडौँ, २२ मङ्सिर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको संचालक समितिको १९४ औं बैठकले गत आर्थिक वर्ष २०७२।७३ को मुनाफामध्येबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलब ३१५ प्रतिशतले नगद लाभांश दिने निर्णय गरेको हो ।

संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश विमा समितिको स्वीकृती र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *