एनबीआई र एमडिआई बीच समझदारी

Post Date : November 16, 2016 | 1:02 pm

काठमाडौँ, १ मंसिर । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र भारतको गुडगाउँमा रहेको म्यानेजमेन्ट डेभलपमेण्ट ईन्स्टिच्युट (एमडिआई) बीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बा र एमडिआई निर्देशक सीपी श्रीमालीले हस्ताक्षर गर्नु भएको छ ।

यो सम्झौतापछि यी दुई संस्थाबीच, अनुभव आदान–प्रदान, परामर्श, शैक्षिक र अध्ययन तथा अनुसन्धानका साथै गोष्ठी, मेसिनार संचालनमा समेत सहकार्य हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *