एनबी इन्स्योरेन्सको १४ औं शाखा भैरहवामा

Post Date : September 18, 2016 | 9:07 am

काठमाण्डौं, २ असोज । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले रुपन्देहीको भैरहवामा शाखा स्थापना गरेको छ । इन्स्योरेन्सको यो १४ औं शाखा हो । इन्स्योरेन्स कम्पनीको संचालक समिति सदस्य प्रतापजंग पाण्डेले शाखाको उद्घाटन गर्नु भएको छ ।

एनबी इन्स्योरेन्स कम्पनीमा आइएमई ग्रुप लगायत विभिन्न उद्मोगी, व्यवसायीको २०७१ साल माघबाट नया लगानीकर्ताको रूपमा प्रवेशसँगै कम्पनीले १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी गरी चुक्ता पूँजी २७ करोड रुपैया पुरयाएको थियो ।

कम्पनीले आर्थिक बर्ष २०७२।७३ को असार मसान्तसम्म करिब २६ हजार बीमा लेखबाट ३५ करोड रुपैयाभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ भने करिब ५ करोड रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *