एनबी इन्स्योरेन्सको १९ औँ शाखा जावलाखेलमा

Post Date : June 13, 2017 | 12:02 pm

ललितपुर, ३० जेठ । एनबी इन्स्यारेन्सले ललितपुरको जावलाखेलमा २०७४ जेठ २९ गते १९ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले गर्नु भएको थियो ।

कम्पनीले देशभर शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो र विश्वसनीय सेवा प्रदान गर्ने जनाएको छ । साथै कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेर चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुरयाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *